अपाङ्ता के हो ? र अपाङता कहाँ छ ?  


What is disability? And where is the disability?

तपाईं बहिरा व्यक्तिहरुको समूह मा जानुस त्यहाँ के तपाई साङ्‌केतिक भाषा बुझ्न र बोल्न सक्नुहुन्छ ? तपाई त्यस्तै सायक सामग्री प्रयोग गर्ने शारिरीक अपाङ्ता भएका व्यक्तिहरुको ठाउँमा जानुस र उनीहरुको life Style को बारेमा हेर्नुस र उनीहरुको झै तपाइ पनि एक दिन उनीहरु को जसरी सायक सामाग्री प्रयाग गरेर हेर्नुस त के तपाई सक्न हुनेछ त ? मलाई लाग्छ पक्कै पनि सक्नु हुने छैन । तेस्तै तपाई दष्टिविहीन व्यक्तिहरुको कामलाई निगाल्नुस के तपाई एक छिन आँखामा पट्टी बाधेर तेही काम गर्न सक्नु हुन्छ त ? अहँ सक्नु हुदैन आखिर तपाई मा पनि त कमजोरी रहिछ नि त हैन र? मानी लिउँ तपाई ५ तलाको माथिल्लो तलामा बस्न अथवा जान चाहानु हुन्छ तर तेहा न लिफ्ट छ नत कुनै सिडी भर्याङ अब भन्नु तपाइ त्यहाँ कसरी पुग्नु हुन्छ ? तपाईँसँग त हात खुट्टा आखा सवै कुरा ठीक छन् हैन र ?अब भन्नुस आपाङ्गता के रहिछ ? सोच्नु भयो होला हैन? हो आपाङता कमजोरी हो । त्यो जो कोही सँग पनि हुन्छ । साङ्केतिक भाषा बुझ्न सक्नु हुदैन कतै लिफ्ट र भर्याङ विना तला मा जान सक्नु हुदैन त्यो पनि तपाईको कमजोरी हो। फरक फरक व्यक्तिमा फरक फरक कमजोरी छन । अब कुरा रहयो अपाङ्गता कहाँ छ ? यति कुरा पढिसकेपछि पक्कै पनि थाहा पाइसक्नु भयो होला अपाङ्गता कहाँ छ भनेर हो हजुर लाई थाहा र सोच भए झै अपाङ्गता हाम्रो सोच , समाज र वातावाणमा छ । तसैले अपाङ्गता भएका व्यक्तिले पनि अवसर र सहज वातावाण भयो भने असम्भव केही छैन । तसैले आउनुस आजै देखी हामी सबै मिलेर आपनो ठाउँबाट अपाङ्ग मैत्री वातावरण बनाउने कोशिस गरौँ ।

Post a Comment